एनपीएल खेल्न काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगे
९ मंसिर, काठमाडौं , काठमाडौं । गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेदरल्याण्ड्सका माइकल लेभिट नेपाल आइपुगेका छन् । लेभिट एनपीएलका लागि नेपाल आइपुगेको गुर्खाजले जानकारी गराएकोे हो ।
गुर्खाजले लेभिटलाई पहिलो विदेशी खेलाडीको रूपमा काठमाडौंमा अनुबन्ध गरेको थियो ।२१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडीआई र १७ टी–२० आई खेल खेलिसकेका छन् । लेभिटलगायत टोलीमा विदेशी खेलाडी नाथन सोटर, माइकल लेभिट, सन एस्किनान्जी, जेहार्ड एरास्मस र ड्यान डौथेवेट पनि छन् ।
गुर्खाजले आफ्नो पहिलो खेल मंसिर १७ गते चितवन राइनोजसँग खेल्ने छ । काठमाडौंमा करण केसी मार्की प्लेअर र बसन्त शाही मुख्य प्रशिक्षक हुन् । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment