Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २५, २०८१
|
|
३५ पटक हेरिएको
Shares
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा

सारांश

  • सिट क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा बस प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • सुर्खेतबाट काठमाडौंका लागि छुटेका १५ वटा रात्रिकालीन बस शनिबार साँझ वीरेन्द्रनगरस्थित सुब्बाकुनामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
  • ‘सिट क्षमताभन्दा बढी यात्रु बोकेका १५ वटा नाइट बस नियन्त्रणमा लिएका छौं ।

 

२५ कात्तिक, सुर्खेत । सिट क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा बस प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतबाट काठमाडौंका लागि छुटेका १५ वटा रात्रिकालीन बस शनिबार साँझ वीरेन्द्रनगरस्थित सुब्बाकुनामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । ‘सिट क्षमताभन्दा बढी यात्रु बोकेका १५ वटा नाइट बस नियन्त्रणमा लिएका छौं । बसको क्षमता अनुसार नै यात्रु राखेर जान भनेका छौं,’ प्रहरी उपरीक्षक खड्काले भने । उनका अनुसार प्रहरीले यात्रुहरूको सुरक्षाका लागि अर्को बसको व्यवस्था गरेर यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन यातायात समितिलाई आग्रह गरेको छ । अर्को बसको व्यवस्था नभएसम्म रात्रिकालीन बसलाई छोड्न नदिने उपरीक्षक खड्काले बताए ।

‘हामीले यातायात समितिहरूसँग छलफल गरिरहेका छौँ । यात्रुहरूको सुरक्षाका लागि तुरुन्तै अर्को बसको व्यवस्थापन गर्न अनुरोध पनि गरिएको छौँ,’ उनले भने । दैलेखबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना भएको थियो । उक्त गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।

प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेको भन्दै शनिबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन भएको थियो । रातानाङ्लामा दुर्घटना भएको १५ सिटको गाडीमा ३४ जना सवार थिए । आन्दोलनकारीले प्रहरीको लापरबाहीरका कारण दुर्घटना बसेको भन्दै प्रदर्शन गरेका थिए । दुर्घटनामा प्रहरीको व्यापक आलोचना भएपछि प्रहरीले यस्तो कदम लिएको हो । पछिल्लो समय सिट क्षमताभन्दा बढी यात्रु राख्दा सवारी दुर्घटना बढ्न थलेपछि सुर्खेत प्रहरीले कडाइ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड
भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड
प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने ललित पहिलो खेलाडी
प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने ललित पहिलो खेलाडी
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि प्रतिवादीकातर्फबाट बहस हुने
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि प्रतिवादीकातर्फबाट बहस हुने
काठमाडौँसहित यी १७ जिल्लाका नदीमा आज आउन सक्छ आकस्मिक बाढी
काठमाडौँसहित यी १७ जिल्लाका नदीमा आज आउन सक्छ आकस्मिक बाढी
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, ६२ जना घाइते
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, ६२ जना घाइते
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
पोखरा महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कांग्रेसले लगायो ताला
पोखरा महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कांग्रेसले लगायो ताला
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?