झापामा युवाको हत्या, तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ११, २०८१
|
|
३० पटक हेरिएको
Shares
झापामा युवाको हत्या, तीन जना पक्राउ

सारांश

  • कात्तिक ६ गते अपराह्न साढे ४ बजे दमक नगरपालिका वडा नम्बर ३ उज्यालो टोल विकास संस्थाको दक्षिणस्थित बगर टोलमा एक पुरूषको हत्या भएको थियो।
  • दमक-९ बस्ने ३७ वर्षीय देशु भन्ने यमु निरौलाको हत्या भएको हो।
  • उनको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए।

११ कार्तिक, झापामा एक जना पुरूषको हत्या भएको घटनामा तीन जना पक्राउ परेका छन्। कात्तिक ६ गते अपराह्न साढे ४ बजे दमक नगरपालिका वडा नम्बर ३ उज्यालो टोल विकास संस्थाको दक्षिणस्थित बगर टोलमा एक पुरूषको हत्या भएको थियो।

दमक-९ बस्ने ३७ वर्षीय देशु भन्ने यमु निरौलाको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए। उर्लाबारी नगरपालिका-६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, वडा नम्बर ७ बस्ने ४९ वर्षीय ध्रुब गौतम र संखुवासभा मादी-१० घर भई दमक दुम्से बस्ने २६ वर्षीय गणेश दर्जी पक्राउ परेका हुन्।

कात्तिक ६ गते बगर टोलमा प्लटिङको काम भइरहेको डिएसपी चन्दले बताए।उनकाअनुसार त्यही बेला देशु पनि पुगेका थिए। त्यहीबीच कुनै विवाद भएपछि गणेशसहितले कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिएको छ।यस घटनामा अन्य व्यक्तिहरू फरार छन्। पीडित परिवारले ७ जनाविरूद्ध जाहेरी दिएका छन्। प्रहरीले दुई वटा कार समेत बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
खुला सीमाका कारण निकासी पैठारीमा चुनौति छः उद्योगमन्त्री भण्डारी
खुला सीमाका कारण निकासी पैठारीमा चुनौति छः उद्योगमन्त्री भण्डारी
कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित
कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित
बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)
बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
२६०९ अंकमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो
२६०९ अंकमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक दम्पतीको मृ*त्यु
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक दम्पतीको मृ*त्यु