Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

झापामा युवाको हत्या, तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ११, २०८१
|
|
४६ पटक हेरिएको
Shares
झापामा युवाको हत्या, तीन जना पक्राउ

सारांश

  • कात्तिक ६ गते अपराह्न साढे ४ बजे दमक नगरपालिका वडा नम्बर ३ उज्यालो टोल विकास संस्थाको दक्षिणस्थित बगर टोलमा एक पुरूषको हत्या भएको थियो।
  • दमक-९ बस्ने ३७ वर्षीय देशु भन्ने यमु निरौलाको हत्या भएको हो।
  • उनको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए।

 

११ कार्तिक, झापामा एक जना पुरूषको हत्या भएको घटनामा तीन जना पक्राउ परेका छन्। कात्तिक ६ गते अपराह्न साढे ४ बजे दमक नगरपालिका वडा नम्बर ३ उज्यालो टोल विकास संस्थाको दक्षिणस्थित बगर टोलमा एक पुरूषको हत्या भएको थियो।

दमक-९ बस्ने ३७ वर्षीय देशु भन्ने यमु निरौलाको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए। उर्लाबारी नगरपालिका-६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, वडा नम्बर ७ बस्ने ४९ वर्षीय ध्रुब गौतम र संखुवासभा मादी-१० घर भई दमक दुम्से बस्ने २६ वर्षीय गणेश दर्जी पक्राउ परेका हुन्।

कात्तिक ६ गते बगर टोलमा प्लटिङको काम भइरहेको डिएसपी चन्दले बताए।उनकाअनुसार त्यही बेला देशु पनि पुगेका थिए। त्यहीबीच कुनै विवाद भएपछि गणेशसहितले कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिएको छ।यस घटनामा अन्य व्यक्तिहरू फरार छन्। पीडित परिवारले ७ जनाविरूद्ध जाहेरी दिएका छन्। प्रहरीले दुई वटा कार समेत बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

०८४ मा माओवादीले २५० सिट जितेर पहिलो दल बन्ने प्रचण्डको दाबी
०८४ मा माओवादीले २५० सिट जितेर पहिलो दल बन्ने प्रचण्डको दाबी
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
महानगर यातायातले काठमाडौंमा थप्यो १६ नयाँ विद्युतीय बस
महानगर यातायातले काठमाडौंमा थप्यो १६ नयाँ विद्युतीय बस
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
नुवाकोट क्षेत्र नम्बर १ मा महतको अग्रता कायमै
नुवाकोट क्षेत्र नम्बर १ मा महतको अग्रता कायमै