साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ११, २०८१
|
|
५० पटक हेरिएको
Shares
साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल

सारांश

  • साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्।
  • आज पहिलो सेमिफाइनल खेल बङ्गलादेश र भुटानबीच दिउँसो साढे १ बजे दशरथ रङ्गशालामा हुने छ।
  • त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि सुरु हुने छ।

११ कार्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनल खेल बङ्गलादेश र भुटानबीच दिउँसो साढे १ बजे दशरथ रङ्गशालामा हुने छ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि सुरु हुने छ।  समूह ए बाट बङ्गलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् । बङ्गलादेश समूह ए मा २ खेलमा ४ अङ्क हासिल गर्दै समूह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो। बङ्गलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको थियो। त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५-२ को जित निकालेको थियो । त्यस्तै समूह ए बाट पाकिस्तान भने तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो।

त्यस्तै समूह बी मा भने नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। नेपालले ३ खेलमा ७ अङ्क हासिल गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले र तेस्रो खेलमा श्रीलङ्कालाई ६-० ले पराजित गरेको थियो । नेपालले तिन खेलमा कुल १७ गोल गर्‍यो भने कुनै गोल खाएको छैन।

त्यस्तै भुटान भने ३ खेलमा ७ अङ्कनै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। भुटानले पहिलो खेलमा नेपालसँग गोल रहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ४-१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३-० ले पराजित गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकुम्बासी : दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या ३ हजार नाघ्यो
सुकुम्बासी : दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या ३ हजार नाघ्यो
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला
सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला
साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल
साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार
आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै
आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
सबै रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘स्त्री २’
सबै रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘स्त्री २’