सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ
८ कार्तिक, वीरगञ्ज – बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन्। बिहीबार दिउँसो साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले घुससहित पकाउ गरेको हो।
घुस माग गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई कलैया उपमहानगरपालिका–४ बाट घुस रकमसहित पक्राउ गरेको अख्तियारको हेटौँडास्थित कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौतमले जानकारी दिए। नगरपालिकामा भएको विकास निर्माणको कामको भुक्तानी गरेबापत अधिकृत साहले ८० हजार घुस मागेको सूचना अख्तियारले पाएको थियो। उनी ७८ हजार रुपैयाँसहित पक्राउ परेका हुन्। पक्राउ परेका साहको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment