Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २०, २०८१
|
|
३६ पटक हेरिएको
Shares
धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु

सारांश

  • चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरिएको हो ।
  • कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए ।
  • चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागूऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराधजन्य घटना घट्न नदिनका इलाका प्रहरी कार्यालयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको उनले बताए ।

 

२० असोज, धरान– चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागूऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराधजन्य घटना घट्न नदिनका इलाका प्रहरी कार्यालयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको उनले बताए ।

उपरीक्षक तिमल्सिनाले भने, ‘कुकुरको माध्ययमबाट सवारी जाँच गर्दा लागूऔषध कारोबार गर्ने व्यक्ति, लागूऔषध र शङ्कास्पद वस्तु बरामद गरिँदै आइएकाले धरान सीमा क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दै आइएको हो ।’सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसारपसार, गाँजा, पटका, विस्फोटक पदार्थ, अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कुकुरसहितको प्रहरी जाँच प्रभावकारी बन्दै गएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी उपरीक्षक तिमल्सिनाले बताए।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित
संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित
विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु
विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु
संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दै
संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दै
समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता
समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता
सुकुनाका शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार
सुकुनाका शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
जेनजी आन्दोलन गरेर द्वन्द्वकालको माओवादीले भन्दा हिंसात्मक बाटो रोजियो
जेनजी आन्दोलन गरेर द्वन्द्वकालको माओवादीले भन्दा हिंसात्मक बाटो रोजियो
नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो
नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो