बालाजुमा एक महिला मृत भेटिइन्
१६ असोज, काठमाडौं । बालाजुमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा महिला मृत भेटिएकी हुन् । अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन । प्रहरी वृत्त बालाजुले घटनाबारे अनुसन्धान अघि बढाएको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment