मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन
१२ असोज, । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगातारको परेको पानीले प्रदेशमा क्षति पुर्याउन सक्ने भएकोले त्यसको सामनाका लागि तयार रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई मुख्यमन्त्री सिंहले शनिवार सो निर्देशन दिएका हुन् । शनिवार पूर्वपश्चिम राजमार्गस्थित बागमती लगायत विभिन्न नदीको अवलोकनपछि नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख कालीदास धवोजीलाई उद्धारका लागि तयार रहन निर्देशन दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment