२६ जेष्ठ २०८२, आईतवार

इटहरीको यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ

 

९ असोज , सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा बिचौलिया भइ ठगी गरेको आरोपमा नेपाल प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।

कार्यालय बाहिर बसेर बिचौलियाले अत्यधिक दुःख दिने गरेको गुनासो आएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामचन्द्र तिवारीसहितको टोलीले यातायात कार्यालयमा बुधवार अनुगमन गरेको थियो ।यसपछि सेवा लिन आउने ग्राहकसँग अतिरिक्त पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्याएर मिलेमतो गर्ने १७ जना बिचौलियालाई मंगलवार पक्राउ गरिएको प्रजिअ तिवारीले बताए ।

पक्राउ पर्नेमा यातायात कार्यालय बाहिर फोटोकपी लगायतका पसल थापेर बस्ने बिचौलियाहरू रहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान शुरू गरेको इटहरी प्रहरीले जनाएको छ । पक्राउ गर्नेहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?