२६ जेष्ठ २०८२, आईतवार

इटालियन पेस्तोलसहित एक युवक पक्राउ

२८ साउन, काठमाडौं । झापामा इटालियन पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-८ का ३६ वर्षीय संजीव गजमेर छन् । उनलाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रहरी टोलीले सोमबार बिहान पक्राउ गरेको हो । उनीबाट मेड इन इटाली लेखिएको पेस्तो र २ थान म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । बिहान दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट उनलाई पक्राउ गरिएको हो । को ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार उनले पेस्तोल बोकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?