पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २६, २०८१
|
|
६९ पटक हेरिएको
Shares
पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध

सारांश

  • पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट  पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ ।
  • यस सडक खण्डको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बाङ्गेभिर र मङ्गला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।
  • यस सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ ।

२६ साउन, गलेश्वर । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट  पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ ।

यस सडक खण्डको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बाङ्गेभिर र मङ्गला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ । यस सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको स्थानीय टेकनाथ सुवेदीले बताए ।

पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारी साधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधनबीच बाटोमा नै रोकिएका छन् । यात्रुहरु जोखिम मोलेर पैदल नै आआफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने
२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने
मोरङमा मिक्सर ट्रकको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
मोरङमा मिक्सर ट्रकको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
एक महिना पनि नपुग्दै फेरिए विमानस्थल अध्यागमन प्रमुख
एक महिना पनि नपुग्दै फेरिए विमानस्थल अध्यागमन प्रमुख
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
कान्तिलोकपथको तीन स्थानमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध
कान्तिलोकपथको तीन स्थानमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं
देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत, दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन्
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत, दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन्
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने