नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु।
काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो ।

बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाउने बताइएको छ । एमालेले २०८० को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ । आजको बैठकले वार्षिक कार्यक्रमको खाता तयार पार्ने बताइएको छ ।


स्थायी कमिटी बैठक सकिएसँगै पार्टीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने तयारी छ ।


