यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

सारांश

  •   नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
  • युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

 

७ जेठ, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १४ पैसा र बिक्रीदर चार रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७० पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
रुपन्देहीको सम्मरीमाईमा जलेको अवस्थामा युवतीको श*व फेला
रुपन्देहीको सम्मरीमाईमा जलेको अवस्थामा युवतीको श*व फेला
दार्चुलामा जिप दुर्घटना: एकजनाको मृ*त्यु, १० जना घाइते
दार्चुलामा जिप दुर्घटना: एकजनाको मृ*त्यु, १० जना घाइते
आयोगको प्रतिवेदनले कार्की आयोगमाथिको शंका बलियो बनायो : कांग्रेस
आयोगको प्रतिवेदनले कार्की आयोगमाथिको शंका बलियो बनायो : कांग्रेस
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र
रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र
निजामती विधेयक आज पास गर्ने तयारी
निजामती विधेयक आज पास गर्ने तयारी
उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट
उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग
मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग