पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १४, २०८१
|
|
२३ पटक हेरिएको
Shares
पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै

सारांश

  •   पेरिस ओलम्पिकमा आज नेपालका दुई जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
  • जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहालले खेल्न लागेका हुन् ।
  • मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनिको तौल समूहमा सर्बियाकी परिसिकसँग पाैने २ बजे खेल्ने तालिका छ ।

१४ साउन,काठमाण्डौ ।  पेरिस ओलम्पिकमा आज नेपालका दुई जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहालले खेल्न लागेका हुन् । मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनिको तौल समूहमा सर्बियाकी परिसिकसँग पाैने २ बजे खेल्ने तालिका छ । त्यस्तै प्रिन्स दाहालले समूह चरणको दोस्रो खेल खेल्न लागेका हुन् । प्रिन्सले आज राति १२ बजेर ५५ मिनेटमा समूह चरणको दोस्रो खेलमा आयरल्यान्डका नियात नुयनसँग खेल्ने तालिका छ । प्रिन्सका प्रतिस्पर्धी नुयन वरीयताको ४३ औँ स्थानमा छन् भने प्रिन्स १ सय ७२ औँ स्थानमा छन् ।

समूह ‘पी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्वरमनसँग खेल्ने छन् । यसअघि भएको समूह चरणको पहिलो खेलमा प्रिन्स विश्व वरीयतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग पराजित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजामा इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको मृ*त्यु
गाजामा इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको मृ*त्यु
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय : को–को माथि सुरु हुन्छ कारबाही ?
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय : को–को माथि सुरु हुन्छ कारबाही ?
रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन
रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु: गृहमन्त्री लेखक
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु: गृहमन्त्री लेखक
सुनसरीबाट निषेधित औषधी सहित १ जना पक्राउ
विष्णु पौडेलको दाबी- मधेशमा एमाले एक्लो छैन, हुँदैन
विष्णु पौडेलको दाबी- मधेशमा एमाले एक्लो छैन, हुँदैन
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली