१२ श्रावण २०८२, आईतवार

पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै

 

१४ साउन,काठमाण्डौ ।  पेरिस ओलम्पिकमा आज नेपालका दुई जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहालले खेल्न लागेका हुन् । मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनिको तौल समूहमा सर्बियाकी परिसिकसँग पाैने २ बजे खेल्ने तालिका छ । त्यस्तै प्रिन्स दाहालले समूह चरणको दोस्रो खेल खेल्न लागेका हुन् । प्रिन्सले आज राति १२ बजेर ५५ मिनेटमा समूह चरणको दोस्रो खेलमा आयरल्यान्डका नियात नुयनसँग खेल्ने तालिका छ । प्रिन्सका प्रतिस्पर्धी नुयन वरीयताको ४३ औँ स्थानमा छन् भने प्रिन्स १ सय ७२ औँ स्थानमा छन् ।

समूह ‘पी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्वरमनसँग खेल्ने छन् । यसअघि भएको समूह चरणको पहिलो खेलमा प्रिन्स विश्व वरीयतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?