बागमतीमा दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्याेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १२, २०८३
|
|
२५३ पटक हेरिएको
Shares
बागमतीमा दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्याेल

सारांश

  • रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले दाबी नछाडेपछि सहमति कायम हुन सकेको छैन ।
  • बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जेन–जी आन्दोलनलगत्तै गत १ असोजमा राजीनामा दिएपछि पद रिक्त भएको थियो ।
  • प्रदेशसभाको बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया अन्याेल बनेको छ । रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले दाबी नछाडेपछि सहमति कायम हुन सकेको छैन । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जेन–जी आन्दोलनलगत्तै गत १ असोजमा राजीनामा दिएपछि पद रिक्त भएको थियो ।

प्रदेशसभाको बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यही ८ वैशाखमा सभामुख चयनका लागि प्रक्रिया अघि बढाउने तयारी भए पनि दलहरूबीच सहमति नभएकाले ढिला भएको कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका सचेतक पुकार महर्जनले बताए । रिक्त सभामुख पदका लागि सत्तारुढ र प्रतिपक्ष दलहरूले दाबी गर्दै आएका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो पार्टीले सभामुख पाउनुपर्ने दाबी गर्नु स्वभाविक भएको कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका सचेतक महर्जनले बताए । सत्तारुढ दलबीच सहमति गरेर अघि बढ्ने उनको भनाइ छ । अर्काे सत्तारुढ दल एमालेले कांग्रेसबाट मुख्यमन्त्री भएकाले सभामुख आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले कांग्रेसबाट मुख्यमन्त्री भएकाले सभामुखमा आफ्नो दलको दाबी रहेको बताउँदै त्यसमा दुई दलबीच कुनै विवाद नरहेको उल्लेख गरे । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलबीच सहमतिका आधारमा सभामुख चयन गर्न खोजेकाले केही ढिलाइ भएको उनको भनाइ छ । नेपाली कम्युनिस्ट पार्टीका नेता शालिकराम जम्कट्टेलले सरकार र सदनबीच सन्तुलन कायम राख्न प्रमुख प्रतिपक्ष दलको हैसियतले आफ्नो पार्टीले सभामुख पाउनुपर्ने बताए । सभामुखमा आफ्नो दलको दाबी रहेको बताउँदै उनले सत्तापक्षबीच सहमति नभए आफ्नो दलले सभामुखमा उम्मेदवारी दिने उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
बाजुरा भूकम्प अपडेट: ८ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
बाजुरा भूकम्प अपडेट: ८ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
तिनकुने घटना प्रकरण ; अभिनेत्री एनी कुँवर पक्राउ
तिनकुने घटना प्रकरण ; अभिनेत्री एनी कुँवर पक्राउ
जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप
जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
वैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
वैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस