सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
९७ पटक हेरिएको
Shares
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए

सारांश

  • जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुरबाट १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका–८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घर भएका ४१ वर्षीय भीम प्रधान समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
  • प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

 

२८ वैशाख, काठमाडौं ।

जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुरबाट १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका–८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घर भएका ४१ वर्षीय भीम प्रधान समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली मनहरा आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धनबहादुर फुयालको मुस्ताङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२ वर्षीय अमर तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।त्यस्तै चाँगुनारायण नगरपालिका–१ दुवाकोट वेशी बस्ने दोलखा घर भएकी ५८ वर्षीया तुलसी वलीको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ६ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको मलंगवामा कर्फ्यूको समय घटाइयो
सर्लाहीको मलंगवामा कर्फ्यूको समय घटाइयो
१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो
१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद
वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद
घोडेजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन
घोडेजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन
पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु
पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु
हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ४ घाइते
हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ४ घाइते
आईटी क्षेत्रमा बहस हैन, एक्सन लिने समय भयो : गगन थापा
आईटी क्षेत्रमा बहस हैन, एक्सन लिने समय भयो : गगन थापा
मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन