Press 4K
मंगलबार, ८ बैशाख २०८३

हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारतको सम्बन्धमा नयाँ आयाम थपिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
८२ पटक हेरिएको
Shares
हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारतको सम्बन्धमा नयाँ आयाम थपिने

सारांश

  • नेपाल भारतमैत्री संगठनले हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारत साँस्कृतिक सम्बन्धमा नयाँ आयाम थपिने बताएको छ ।
  • संगठनले यात्राको १५ औं संस्करण सम्पन्न भएको जानकारी दिंदै विगत भन्दा यो बर्ष यात्रामा उल्लेख्य सहभागिता रहेको बताइएको छ ।
  • बैशाख १ गतेबाट भारतको बिहार राज्यको सोनपुरबाट रथसहित प्रारम्भ भएको यात्रा बैशाख ६ गते मुक्तिनाथ पुगेको थियो ।

 

८ वैशाख,काठमाडौं ।

नेपाल भारतमैत्री संगठनले हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारत साँस्कृतिक सम्बन्धमा नयाँ आयाम थपिने बताएको छ । संगठनले यात्राको १५ औं संस्करण सम्पन्न भएको जानकारी दिंदै विगत भन्दा यो बर्ष यात्रामा उल्लेख्य सहभागिता रहेको बताइएको छ । बैशाख १ गतेबाट भारतको बिहार राज्यको सोनपुरबाट रथसहित प्रारम्भ भएको यात्रा बैशाख ६ गते मुक्तिनाथ पुगेको थियो ।

यात्रालाई भारत सरकारका केन्द्रिय मन्त्री सतीश कुमार दुबेले बिहार सोनपुरस्थित हरिहर क्षेत्रबाट मुक्तिनाथका लागि यात्रीहरुको विदाइ गरेका थिए । उक्त अवसरमा भारतका सांसद, विधायक संतमहंत उद्योगी व्यवसायीहरु, नेपाल भारतमैत्री संगठनका तर्फबाट अन्तराष््िटय उपाध्यक्ष अर्चना सिंह, बिहार प्रदेश अध्यक्ष पंकज रायको उपस्थिति थियो । नेपाल तर्फको व्यवस्थापकीय नेतृत्व संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार सिंह र उपाध्यक्ष राजाराम श्रेष्ठले गरेका थिए ।संगठनले विज्ञप्ति मार्फत यात्राका क्रममा साथ, सहयोग, चन्दा, भोजन, आवास र सहभागिता जनाउनहुने सम्पूर्णप्रति धन्यवाद तथा आभार प्रकट गरेको छ । संगठनका महासचिव सम थापाद्धारा जारी विज्ञप्तिमा यात्राले नेपाल भारतको साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउनुका साथै नेपालको पर्यटनविकासमा समेत टेवा पुग्ने विश्वास गरिएको उल्लेख छ । यात्रा गजेन्द्र मोक्ष त्रिवेणी नवलपरासी, देवघाट चितवन, व्यासगुफा तनहू, विन्ध्यावासीनी मन्दिर, पोखरा, गलेश्वर म्याग्दी, लेते मुस्ताङ हुँदै मुक्तिनाथ पुगेको थियो ।

यात्रामा नेपाल र भारतका गरी करिब पाँच सय तीर्थयात्रीहरुको सहभागिता थियो । पछिल्ला १५ बर्ष यता यात्राका कारण लुम्बिनीदेखि मुक्तिनाथसम्मको पर्यटन क्षेत्रमा उल्लेख्य विकास हँुदै आएको संगठनले विश्वास गरेको छ । यात्रामा भारतीयहरु उल्लेख्य संख्यामा सहभागि हुँदा नेपालका धार्मिक पर्यटनस्थलहरुको भारतमा प्रचार बढेको छ ।करिब एक हजार बर्ष अघि दशौं शताब्दीका महान हिन्दू दार्शनिक, वशिष्ट द्वैतका प्रथम आचार्य, आदि जगद्गुरु रामानुजाचार्यले हरिहरनाथ मुक्तिनाथ यात्राको जग बसालेका थिए । तत्कालिन समयमा ऋषिमुनीहरु बिहारस्थित गंगा नदीको किनारमा रहेको हरिहर क्षेत्र हुँदै नेपालको नारायणी, कालीगण्डकी नदीको किनारै किनार मुक्तिनाथ दर्शन गर्न जाने गरेको ऐतिहासिक तथ्यहरु छन । भारतमा मुगल शासनको स्थापनापछि अवरुद्ध रहेको यो यात्रा बि«टिस शासनकालमा छिटफुट रुपमा सुरु भएको देखिएपनि लामो समयदेखि स्थगित रहेको जानकारहरु  बताउँछन । राष्ट्रिय स्वयं सेवक संघ आरएसएसका वरिष्ठ प्रचारक सुवेदारजीको नेतृत्वमा विगत १५ बर्षदेखि यात्रा सुचारु छ । धर्मजागरण समन्वय, बिहार साँस्कृतिक परिषद र नेपाल भारत मैत्री संगठनको सयुक्त आयोजनामा यो यात्रा निरन्तर रुपमा प्रत्येक बर्ष हुने गरेको संगठनका महासचिव थापाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
हुम्लामा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
हुम्लामा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा
मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा
लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम
प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम
यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

तपाईंले छुटाउनुभयो कि?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...