Press 4K
सोमबार, १७ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज माघे सङ्क्रान्ति, घिउ,चाकु,तरुल खाएर मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १, २०८२
|
|
३९ पटक हेरिएको
Shares
आज माघे सङ्क्रान्ति, घिउ,चाकु,तरुल खाएर मनाइँदै

सारांश

  • आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ।
  • सूर्य आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति तथा माघी पनि भनिन्छ।
  • माघे सङ्क्रान्तिमा घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाने प्रचलन छ।

 

काठमाडौं ।

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति तथा माघी पनि भनिन्छ। माघे सङ्क्रान्तिमा घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई न्यानो र सुदृढ राख्न यी परिकार उपयोगी हुने आयुर्वेद चिकित्सकहरू बताउँछन्। नेपालका विभिन्न जातजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्नै संस्कार र परम्पराअनुसार मनाउने गर्छन्। विशेष गरी थारू समुदायले यस दिनलाई नयाँ वर्ष (माघी) का रूपमा मनाउने परम्परा छ।

आजको दिन घिउ, चाकु, तिलका परिकार नखाने, दान नगर्ने, स्नान र ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने जनविश्वास रहेको छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने तथा नाडी, स्नायु र हड्डी मजबुत हुने विश्वास छ। तराईवासीहरूले माघ १ लाई नहान पर्व का रूपमा मनाउने गर्छन्। बिहानै तीर्थस्थलमा स्नान गरी तिल दान गर्नाले विशेष पुण्य प्राप्त हुने धार्मिक मान्यता छ। आजदेखि उत्तरायण सुरु हुने भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ। उत्तरायणको दिन स्नान, दान, जप, तप र ध्यानलाई विशेष पुण्यदायी मानिने भएकाले देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी र रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ। यी स्थानमा विशेष मेला पनि लाग्ने गर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु
दार्चुलामा जिप दुर्घटना: एकजनाको मृ*त्यु, १० जना घाइते
दार्चुलामा जिप दुर्घटना: एकजनाको मृ*त्यु, १० जना घाइते
अवैध लागूऔषधसहित तीन जना पक्राउ
अवैध लागूऔषधसहित तीन जना पक्राउ
वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि नयाँ टेलिमेडिसिन पोर्टल ल्याइँदै
वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि नयाँ टेलिमेडिसिन पोर्टल ल्याइँदै
सात महिनामा एक हजार २९० महिला हिंसाको उजुरी
सात महिनामा एक हजार २९० महिला हिंसाको उजुरी
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
उखुको न्युनतम खरिद मूल्य तोकियो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
उखुको न्युनतम खरिद मूल्य तोकियो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
प्रतिनिधिसभा बैठक आज बस्दै 
प्रतिनिधिसभा बैठक आज बस्दै 
कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको छ : मन्त्री लम्साल
कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको छ : मन्त्री लम्साल

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...