नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
२५ पटक हेरिएको
Shares
नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी

सारांश

  • नेपाली क्रिकेट टोली आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको अन्तिम तयारीका लागि यूएई जाँदैछ ।
  • यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ ।
  • छनोट चरण पार गर्दै लगातार दोस्रो अनि समग्रमा तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य हुनेछ ।

३१ भदौ, काठमाडौं ।

नेपाली क्रिकेट टोली आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको अन्तिम तयारीका लागि यूएई जाँदैछ । यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै लगातार दोस्रो अनि समग्रमा तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य हुनेछ ।

दुई साताअघि अस्ट्रेलिया टुरबाट फर्किएको नेपाली टोली केही समयको विश्रामपछि वेस्टइन्डिजसँगको युनिटी कप टी-२०आई शृंखलाको तयारीमा जुटेको थियो । शृंखलामा सहभागी हुने नेपाली टोलीको पनि घोषणा भइसकेको छ । नेपाली टोली १९ वा २० सेप्टेम्बर (३ वा ४ असोज)मा यूएई प्रस्थान गर्नेछ । यसबीचमा नेपालमा जेनजी आन्दोलन चर्किएपछि केही दिन काठमाडौंको माहोल अस्तव्यस्त बनेको थियो जसका कारण तयारी पनि केही प्रभावित हुन पुग्यो ।

कस्तो छ तयारी ?

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजकै लागि भनेर त्यस्तो छुट्टै तयारी गरेको छैन । अस्ट्रेलियाबाट दुई साताअघि मात्र फर्किएको नेपाली टोलीले केही दिन मात्र ब्रेक लिएर फेरि नियमित प्रशिक्षण सुरु गरेका थिए । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीहरूले सेल्फ ट्रेनिङ पनि गरिरहेका छन् । छुट्टै क्याम्प भनेर राखिएको छैन । ‘अब हाम्रो मुख्य तयारी भनेको अस्ट्रेलिया टुर नै थियो, अहिले त्यस्तो ठुलो तयारी भनेर केही छैन, खेलाडीहरूले गरिरहेका छन् त्यही नै हो’ लामाले  भने । नेपाली टोलीले पहिलोपटक अस्ट्रेलिया गएर टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाएको थियो भने केही अभ्यास खेलहरू पनि खेलेको थियो ।

यस सिरिजमा सहभागी हुनुको मुख्य उद्देश्य भनेको एक्सपोजर नै थियो । नेपाली खेलाडीहरूलाई विदेशी कन्डिशनमा अभ्यस्त गराउने मुख्य उद्देश्यले यस सिरिजमा सहभागी गराइएको थियो । यसका अलावा यो सिरिज नेपालको आगामी टी-२० विश्वकप छनोटको तयारीका रूपमा पनि अर्थपूर्ण रूपमा हेरिएको थियो ।

यस्तो छ टिम

युनिटी कप टी-२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भइसकेको छ । पछिल्लोपटक अस्ट्रेलियामा खेल्न गएको टोलीबाट ३ परिवर्तन गरिएको छ । अस्ट्रेलिया टुरमा गएको टोलीबाट भीम सार्की, रिजन ढकाल र रुपेश सिंह बाहिरिँदा सन्दीप जोरा, ललित राजवंशी र मोहम्मद आदिल आलम टोलीमा भित्रिएका छन् । एकजना ब्याटर, बलर र अलराउण्डर नै रिप्लेस भएका हुन् । ललित पारिवारिक कारणले गर्दा अस्ट्रेलिया गएका थिएनन् । उनी टोलीमा फर्किएका हुन् । आदिल र जोराले भने राष्ट्रिय टोलीमा पुनरागमन नै गरेका हुन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा जोरा २०२४ को टी-२० विश्वकपपछि पहिलोपटक टोलीमा परेका हुन् । दुवैले भारतको आसाममा भएको ५ खेलको टी२० शृंखलामा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए । आदिल र सन्दीपले उत्कृष्ट लय कायमै राख्न सकेमा विश्वकप छनोटका लागि पनि स्थान पाउने पक्का हुनेछ ।

आन्दोलनको असर

नेपालमा गत साता जेनजी उमेर समूहका युवाहरूको प्रदर्शनपछि उत्पन्न राजनीतिक परिवर्तन र देशको संकटपूर्ण अवस्थाको असर खेलकुदमा पनि पर्‍यो ।खेलकुदमन्त्रीको पद रिक्त हुनुका साथै हाल नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीकै जिम्मेवारीमा खेलकुद मन्त्रालय छ । यसबाहेक खेलकुदकै गतिविधिमा पनि असर पर्दा क्रिकेटमा सामान्य असर देखियो । नेपाली खेलाडीहरूले आन्दोलनको दोस्रो दिन उत्पन्न परिस्थितिका बीच प्रशिक्षण गर्न केही समस्या भएको थियो । प्रवक्ता लामाले प्रशिक्षणमा त्यस्तो असर नपरेको र खेलाडीहरूले सुरक्षित रहेर आफ्नो हिसाबले ट्रेनिङ गरेको बताए । ‘अब प्रशिक्षणमै असर गरेको भन्नु त गलत हुन्छ, यसबीचमा सुरक्षाको मध्यनजर गर्दै ट्रेनिङहरू भएका छन्, बीचको एक दिन चाहिँ परिस्थिति नै त्यस्तो थियो नत्र प्रशिक्षण भइरहेको छ’ उनले भने ।

सिरिजको उद्देश्य

यूएईमा हुने युनिटी कप टी-२०आई शृंखलामा नेपालले ३ खेल खेल्नेछ । खेलहरू २७, २९ र ३० सेप्टेम्बरमा शारजाह क्रिकेट स्टेडियममा हुनेछन् । सिरिजलगत्तै विश्वकप छनोट भएकाले मूल उद्देश्य भनेको त्यसकै तयारी हुने क्यान प्रवक्ता लामाको भनाइ छ । ‘अब हामीले विश्वकप छनोटकै लागि  भनेर लामो समयदेखि तयारी गरिरहेका छौं, अब यो सिरिज छनोटकै अघि परेकाले यो विश्वकप छनोटका लागि अन्तिम तयारी हुनेछ’ उनले भने ।

उनका अनुसार नेपालले सिरिजलगत्तै केही अभ्यास पनि गर्नेछ । विश्वकप छनोट यूएईकै छिमेकी राष्ट्र ओमानमा ८ देखि १७ अक्टोबरमा हुँदैछ । अस्ट्रेलियामा खेलेको अनुभव बोकेर वेस्ट इन्डिजसँग खेल्दै बलियो प्रदर्शन गर्ने र त्यही लयलाई विश्वकप छनोटसम्म कायम राख्ने नेपालको लक्ष्य हुनेछ । विश्वकप छनोटमा नेपाल समूह चरणमा कुवेत र जापानको समूहमा परेको छ । यहाँबाट २ टोली सुपर सिक्स चरणमा पुग्नेछन् । सुपर सिक्सबाट शीर्ष ३ टोलीले विश्वकप खेल्नेछन् ।नेपालले कम्तीमा एक खेल मात्र जितेपनि सुपर सिक्समा पुग्ने लगभग पक्का हुनेछ । यद्यपी नेपाल आफ्नो समूहमा सबैभन्दा बलियो टोली हो । वेस्ट इन्डिजसँगको खेलले विश्‍वकप छनोटमापनि राम्रो प्रदर्शन हुने खेलाडीहरूले यसअघि नै बताउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने
वीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण
यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण
विभिन्न कार्यक्रमका साथ सामाजिक सुरक्षा दिवस मनाइँदै
विभिन्न कार्यक्रमका साथ सामाजिक सुरक्षा दिवस मनाइँदै
बाढीले अस्तव्यस्त चितवन, करिब ३ सय जनाको उद्धार
बाढीले अस्तव्यस्त चितवन, करिब ३ सय जनाको उद्धार
एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ
एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ
शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ
शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
मुग्लिन-पोखरा सडक धमाधम विस्तार गरिँदै
मुग्लिन-पोखरा सडक धमाधम विस्तार गरिँदै
सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल
सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल