धसिएको कृष्णभिरको सडक मर्मत सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
२४ पटक हेरिएको
Shares
धसिएको कृष्णभिरको सडक मर्मत सुरु

सारांश

  • गत वर्षको असोज १० गतेदेखि परेको अविरल वर्षासँगै धसिएको पृथ्वी राजमार्गको कृष्णभिरको सडक मर्मत थालिएको छ ।
  • सो सडकको करिब १०० मिटर लामो क्षेत्रमा दुई मिटर चौडा सडक ५० सेन्टिमिटर धसिएको थियो ।
  • नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार हाल सडकको स्तरोन्नति गरिरहेको निर्माण कम्पनी शर्मा जेडआइसिजी जेभीले नै मर्मतको काम थालेको हो ।

 २ जेठ, चितवन ।

गत वर्षको असोज १० गतेदेखि परेको अविरल वर्षासँगै धसिएको पृथ्वी राजमार्गको कृष्णभिरको सडक मर्मत थालिएको छ । सो सडकको करिब १०० मिटर लामो क्षेत्रमा दुई मिटर चौडा सडक ५० सेन्टिमिटर धसिएको थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार हाल सडकको स्तरोन्नति गरिरहेको निर्माण कम्पनी शर्मा जेडआइसिजी जेभीले नै मर्मतको काम थालेको हो । यही महिनाभित्रमा सक्नेगरी तिव्र गतिमा काम भइरहेको छ ।

सडक विभागका इञ्जिनियर एवं विज्ञहरुको टोलीले अध्ययन गरेर मर्मतको काम थालिएको हो । वर्षात्को पानी छिरेर सडक धसिएको विज्ञहरुले जनाएको उहाँले जानकारी दिनुभयो । नदीले कटान गरेर धसिएको हुनसक्ने अनुमान गरिएको भए पनि विज्ञहरुले पानी छिरेर धसिएको प्रतिवेदन दिएका थिए । यसलाई माइक्रोपाइलिङ र होरिजेन्टल रक एङ्करिङ प्रविधिबाट मर्मत गरिंदै छ । सो काम सम्पन्न भएसँगै नदीले खोलेको तलको भागको अध्ययन गरी मर्मतको काम गरिने नेपालले जानकारी दिनुभयो । सोही समयमा धसिएको सडकको फेदमा त्रिशूली नदीको बहावले खोलेको छ । सोही क्षेत्रमा विसं २०५६ देखि लगातार वर्षात्को समयमा पहिरो गएपछि विसं २०६४ मा पहिरो रोकथामको काम सकिएको थियो । बायो इञ्जिनियरिङ र टेवा पर्खाल प्रविधिबाट पहिरो रोकिएको थियो । त्यसपछि यस क्षेत्रमा बाढी पहिरोबाट समस्या भएको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
ओली र लेखक पक्राउको विरोधमा रौतहटमा एमालेको प्रदर्शन, सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र
ओली र लेखक पक्राउको विरोधमा रौतहटमा एमालेको प्रदर्शन, सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको एउटै कार्यालयमा १ अर्ब ९ करोड बेरुजु
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको एउटै कार्यालयमा १ अर्ब ९ करोड बेरुजु
भुटानमाथि नेपालको सानदार जित
भुटानमाथि नेपालको सानदार जित
सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै
सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै
एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुन
एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुन
शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत
शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत
काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगीको आरोपमा उजुरी
काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगीको आरोपमा उजुरी
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना