तीन किशोरीमाथि सामुहिक बलात्कार, १८ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
९४ पटक हेरिएको
Shares
तीन किशोरीमाथि सामुहिक बलात्कार, १८ जना पक्राउ

सारांश

  • भारतकाे खुन्ती जिल्लामा तीन किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा झारखण्ड प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।
  •   भारतीय समाचार माध्यम अनुसार १२ देखि १७ वर्षका ती सबै १८ अभियुक्तलाई हिजो बाल सुधार गृहमा पठाइएको र सोमबार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।
  • प्रहरीका अनुसार घटना शुक्रबार राति भएको हो ।

१३ फागुन, नयाँदिल्ली । भारतकाे खुन्ती जिल्लामा तीन किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा झारखण्ड प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।  भारतीय समाचार माध्यम अनुसार १२ देखि १७ वर्षका ती सबै १८ अभियुक्तलाई हिजो बाल सुधार गृहमा पठाइएको र सोमबार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार घटना शुक्रबार राति भएको हो । पाँचजना युवती घरबाट केही दूरीमा विवाह समारोहमा पुगेका थिए । सबै अभियुक्तहरू पनि त्यहाँ थिए। राति विवाह समारोहबाट पाँचजना युवती घरतर्फ निस्किएपछि अभियुक्तहरुले उनीहरुलाई पछ्याउन थाले । केटीहरूले घर जान खोला तर्नुपर्थ्यो। यसअघि पनि आरोपीले पाँच बालिकालाई समातेर नजिकैको जंगलमा लगेका थिए । तर, दुई युवतीहरू भने कुनै न कुनै रूपमा आरोपीको चंगुलबाट भागेर घर पुगे र उनीहरूले नै गाउँलेहरूलाई घटनाबारे जानकारी गराएका थिए।

यसपछि गाउँले घटनास्थलमा पुगेपछि आरोपीहरू तीन किशोरी छाडेर भागेका थिए । घटनाबारे स्थानीयले आइतबार प्रहरीलाई खबर गरेका थिए ।  घटनापछि सबै आरोपीलाई पक्राउ गरिएको एसपी अमन कुमारले युवतीको बयान लिएर मुद्दा दर्ता गरी अभियुक्तलाई पक्राउ गरिएको बताए । शुक्रबार राति रानिया क्षेत्रमा विवाह समारोहमा सहभागी भएर घर फर्किंदै गर्दा उक्त घटना भएको खुन्तीका प्रहरी उपरीक्षक अमन कुमारले जानकारी दिएका छन् । परिवारका सदस्यले प्रहरीमा दिएको उजुरी अनुसार पाँच बालिकामध्ये तीन जना १२ देखि १६ वर्षका किशोरीलाई नावालिग किशोरहरूले सामुहिक बलात्कार गरेका थिए ।

एसपीले भने, ‘आइतबार रानिया प्रहरी चौकीमा उजुरी परेपछि यो घटना बाहिर आएको हो।’ उनका अनुसार प्रहरीले तुरुन्तै टोली गठन गरेको थियो, जसले सबै १८ आरोपीहरूलाई पक्राउ गर्न सफल भयो । एसपी कुमारले भने, “आरोपीहरूलाई सोमबार बालगृह पठाइएको छ, बालिकाहरुको जतिसक्दो चाँडो मेडिकल जाँच गरिने छ ।’ मंगलबारवाट मुद्दाको थप प्रकिया अगाडी बढनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु
बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु
नागढुङ्गा सुरुङमार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गर्छौं – मन्त्री लम्साल
नागढुङ्गा सुरुङमार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गर्छौं – मन्त्री लम्साल
जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : कुलमान
जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : कुलमान
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै
टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै
नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन
नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
नेप्से परिसूचक १०.०८ अंकले बढ्यो
नेप्से परिसूचक १०.०८ अंकले बढ्यो