नेपाली भूमिमा प्रवेश गरेर एसएसबीको ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
३३ पटक हेरिएको
Shares
नेपाली भूमिमा प्रवेश गरेर एसएसबीको ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो

सारांश

  • भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतीको कारण सर्लाहीका एक युवकले खुट्टा गुमाउनु परेको घटना प्रकाशमा आएको छ।
  •   नेपाली भूमिमा प्रवेश गरी एसएसबिका जवानले गरेको अन्धाधुन्ध लाठी प्रहारबाट सर्लाही बलरा नगरपालिका ३ का महेन्द्र रायको १८ वर्षीय छोरा गोलु राय यादवको खुट्टा गुमिएको पीडित परिवारले जनाएको छ।
  • गोलु राय यादव ३ दिन अघि  गत  मंगलवार बिहान ११  बजे सिमावर्ती भारतीय बजार बसविट्टाबाट घरायसी सामान चामल, चिनी  लिएर विआर ३० टी ९५५३ नम्बरको मोटरसाईकलमा घर फर्किरहेका थिए।

१० फागुन, सर्लाही । भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतीको कारण सर्लाहीका एक युवकले खुट्टा गुमाउनु परेको घटना प्रकाशमा आएको छ।  नेपाली भूमिमा प्रवेश गरी एसएसबिका जवानले गरेको अन्धाधुन्ध लाठी प्रहारबाट सर्लाही बलरा नगरपालिका ३ का महेन्द्र रायको १८ वर्षीय छोरा गोलु राय यादवको खुट्टा गुमिएको पीडित परिवारले जनाएको छ।

गोलु राय यादव ३ दिन अघि  गत  मंगलवार बिहान ११  बजे सिमावर्ती भारतीय बजार बसविट्टाबाट घरायसी सामान चामल, चिनी  लिएर विआर ३० टी ९५५३ नम्बरको मोटरसाईकलमा घर फर्किरहेका थिए। सोही क्रममा सीमामा तैनाथ एसएसबीका जवानरुले सामान चेकजाँच गर्न मोटरसाईकल रोक्न खोज्दा तीव्र गतिको कारण नरोकिएपछि जवानहरुले अन्धाधुन्ध उनको खुट्टा माथि लाठी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। एसएसबीले उनलाई लखेड्दै  नेपाली भुमिमा प्रवेश गर्दा गोलु मोटरसाइकलसहित लडेका थिए ।

लडेर खुट्टा भाँचिएको अवस्थामा पनि एसएसबिले लठी बर्साई रहँदा स्थानीयले होहल्ला गरे पछी एसएसबीका जवानहरु त्यहाँबाट भारतीय भूमितर्फ भागेको पीडितले बताएका छन्। गम्भीर प्रकृतिले खुट्टा भाँचिएका गोलुलाई तत्काल एम्बुलेन्सबाट उपचारको लागि बिरगंज लैजाँदा त्यहाँ उपचार सम्भव नभएको भन्दै डाक्टरले ललितपुरस्थित वि एण्ड वि अस्पतालमा पठाएको छ । वि एण्ड विमा डाक्टरले चेकजाँच गर्दा खुट्टाको भास्कुलर नसा च्यापिएर गम्भीरअवस्थामा रहेकाले दाहिने खुट्टा काटिएको पीडित महेन्द्रराय यादवले दुःखेसो पोखेका छन्।

हाल पनि गोलुको वी एण्ड वि अस्पतालमा उपचार भैरहेको उनले जानकारी दिएका छन्।उनले घटनाको दोषी  एसएसबिका जवानहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने पीडित परिवारले माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले घटनाको पुष्टि गरेका छन्। घटनाबारे मौखिक जानकारी आएको छ। तर, औपचारिक रूपमा कतैबाट लिखित नआएको तथा थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिएका छन्।

उता एसएसबिको ७१ औं बटालियनका भ्वाईस कमान्डेन्ट विश्वजित तिवारीले  कुरा गर्दै बसबिटा बजारबाट सामान लिएर फर्किरहेको नेपाली युवक चढेको मोटरसाईकल दशगज्जा क्षेत्रमा दुर्घटनामा भएर खुट्टा भाँचिएको जानकारी आएको बताएका छन्। उनले उक्त घटना एसएसबीका २० औं बटालियन खटिएको क्षेत्रमा भएको हो, जवानहरुको ज्यादती हो होईन त्यसबारे अफिसरसँग सोधबुझ तथा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन
नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन
डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रिमियम नतिरेका उद्योगको लाइन काट्न सुरु
डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रिमियम नतिरेका उद्योगको लाइन काट्न सुरु
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी
मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु
बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
ओली र लेखकलाई आगामी हप्ता बयानमा बोलाउने आयोगको तयारी
ओली र लेखकलाई आगामी हप्ता बयानमा बोलाउने आयोगको तयारी