मधेस प्रदेशसभा बैठकमा भएका निर्णय कार्यान्वयन नभएकोप्रति आपत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ ७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
मधेस प्रदेशसभा बैठकमा भएका निर्णय कार्यान्वयन नभएकोप्रति आपत्ति

सारांश

  • सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले प्रदेशसभामा गठन गरिएको छानविन समितिले निर्णय दिइसक्दापनि सरकारले कुन कारणले त्यसको अगाडिको प्रक्रिया नबढाएको भन्दै सरकारलाई चिठ्ठी पठाउने प्रदेशसभामा जानकारी गराएका हुन्।
  • उनले भने, ‘बजेटसम्बन्धी अनियमितता वा बजेट विनियोजनको समय भएको गडबडी सम्बन्धमा प्रदेशसभामै छानविन समिति गठन गर्ने जेन्टल सहमती भएको थियो।
  • अहिलेसम्म त्यो जेन्टल एग्रीमेन्ट अनुसार सरकारले नै छानविन समिति गठन गर्ने कुरा थियो त्यो किन भएन रु यस सम्बन्धमा प्रदेशसभाले निर्देशनात्मक चिठठी पठाउँछ।

 

७ माघ, जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठकमा भएको निर्णयहरु सरकारले कार्यान्वयन नगरेको भन्दै सरकारसँग यसको जवाफ मागिने भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले प्रदेशसभामा गठन गरिएको छानविन समितिले निर्णय दिइसक्दापनि सरकारले कुन कारणले त्यसको अगाडिको प्रक्रिया नबढाएको भन्दै सरकारलाई चिठ्ठी पठाउने प्रदेशसभामा जानकारी गराएका हुन्।

उनले भने, ‘बजेटसम्बन्धी अनियमितता वा बजेट विनियोजनको समय भएको गडबडी सम्बन्धमा प्रदेशसभामै छानविन समिति गठन गर्ने जेन्टल सहमती भएको थियो। अहिलेसम्म त्यो जेन्टल एग्रीमेन्ट अनुसार सरकारले नै छानविन समिति गठन गर्ने कुरा थियो त्यो किन भएन रु यस सम्बन्धमा प्रदेशसभाले निर्देशनात्मक चिठठी पठाउँछ।’ यस्तै, सभामुख मण्डलले २१ करोड र १५ करोडको टुक्रा बनाइएको योजनाहरु रहेको भन्दै भने, ‘मुख्यमन्त्री बहाल भइरहकै बेलामा मुख्यमन्त्रीकै निर्वाचन क्षेत्रमा त्यो टुक्रा हुँदापनि मुख्यमन्त्रीले त्यो टुक्रा गर्ने कर्मचारीले तान्नुपर्ने थियो तर किन तान्न सक्नुभएन त्यो उहाँको विषय हो तर यो विषय यहाँ आएकोले त्यस विषयमा छानविन समिति गठन गरिनेछ।’

सभामुख मण्डलले यस सम्बन्धमा छानविन समितिले जसलाई दोषी करार गर्छ, त्यसलाई कारवाहीका लागि सम्बन्धीत क्षेत्रमा पठाउने सदनलाई जानकारी गराए। सभामुख मण्डलले प्रदेशसभामा छानविन समिति गठन गरेर निर्णय भइसकेका विषयवस्तुलाई सरकारले आफ्नो खल्तीमै राखेको बताउँदै सरकारले अहिलेसम्म किन त्यस्ता निर्णयहरु खल्तिमै राखेको भनेर प्रश्न गरे। उनले भने, ‘त्यस निर्णयलाई कारवाहीको लागि सम्बन्धित निकायमा किन पठाइएन रु त्यसको पनि तागेदा लेटर सरकारलाई पठाइने छ। यदि भएन भने उक्त निर्णय सिधै सम्बन्धीत निकायमा पुुर्‍याइनेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु: मन्त्री खरेल
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु: मन्त्री खरेल
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड
काष्ठमण्डपमा तीन घण्टादेखि आगलागी , नियन्त्रणको प्रयास हुँदै
काष्ठमण्डपमा तीन घण्टादेखि आगलागी , नियन्त्रणको प्रयास हुँदै
प्रधानमन्त्री ओली आज मधेश प्रदेशसभामा सम्बोधन गर्दै
प्रधानमन्त्री ओली आज मधेश प्रदेशसभामा सम्बोधन गर्दै
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
सीके राउत  संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं ,सीके राउत
सीके राउत संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं ,सीके राउत