पुष्पाः २ ले तोडयो बलिउडको सबै रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
२९ पटक हेरिएको
Shares
पुष्पाः २ ले तोडयो बलिउडको सबै रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी

सारांश

  •   अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ भने भारतमात्रै १२०० करोड बढी कमाएको छ ।
  • यसबाहेक फिल्मले १८ सय करोडभन्दा बढीको कमाइ गरेर विश्वभर धुम मच्चाएको छ ।
  • जसका कारण आगामी दिनमा पुष्पाः २ ले आमिर खानको दंगलको २ हजार करोडको कीर्तिमान पार गरेमा इतिहासमा आफ्नो नाम दर्ता गराउने छ, जुन फ्यान र फिल्मको टिमका लागि गर्वको विषय हुनेछ ।

२३ पुस,  पुष्पा २ः द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ ।  अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ भने भारतमात्रै १२०० करोड बढी कमाएको छ ।

यसबाहेक फिल्मले १८ सय करोडभन्दा बढीको कमाइ गरेर विश्वभर धुम मच्चाएको छ । जसका कारण आगामी दिनमा पुष्पाः २ ले आमिर खानको दंगलको २ हजार करोडको कीर्तिमान पार गरेमा इतिहासमा आफ्नो नाम दर्ता गराउने छ, जुन फ्यान र फिल्मको टिमका लागि गर्वको विषय हुनेछ । बक्स अफिस ट्रयाकर सकनिल्कको प्रारम्भिक तथ्यांक अनुसार पुष्पाः २ ले ५ औं आइतबार अर्थात ३२ औँ दिनमा मात्रै ७ करोडको कमाइ गरेको छ, त्यस पछि भारतमा पुष्पाः २ को अंक १२०६ करोड पुगेको छ । जसमा फिल्मले तेलुगुमा ३३४.७६ करोड, हिन्दीमा ८०६ करोड, तमिलमा ५८.१६ करोड, कन्नडमा ७.७३ करोड र मलयालममा १४.१५ करोड कमाएको छ ।

जहाँ विश्वव्यापी संख्या १८२५ करोडमा बढ्दै गएको देखिन्छ । उल्लेखनीय छ कि पुष्पाः २ ले जवान, पठान, एनिमल, बाहुबली, बाहुबलीः २, केजीएफ, केजीएफः२ जस्ता चलचित्रलाई पछि पार्दै हिन्दी बक्स अफिसमा नम्बर वनको उपाधि जितेको छ । यस्तो गर्ने यो पहिलो भारतीय फिल्म हो । विश्वव्यापी कमाईको मामिलामा अल्लु अर्जुनको फिल्म आमिर खानको दंगलको रेकर्ड तोड्न २०० करोडले मात्रै पछाडी रहेको छ । दिनहरु बित्दै गएको बेला पुष्पाः २ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुन तयार देखिन्छ। फिल्म फेब्रुअरीसम्म ओटीटीमा रिलिज हुने पनि निर्माताले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
आज विवाह पञ्चमी, राम र सीताको विवाह महोत्सव मनाइँदै
आज विवाह पञ्चमी, राम र सीताको विवाह महोत्सव मनाइँदै
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
मधेश प्रदेशका १३६ पालिकामा स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड भ्रष्टाचार
मधेश प्रदेशका १३६ पालिकामा स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड भ्रष्टाचार
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे
भोलि अत्यावश्यक काम नभए घरबाट ननिस्कनूः ट्राफिक प्रहरी
भोलि अत्यावश्यक काम नभए घरबाट ननिस्कनूः ट्राफिक प्रहरी
झापामा एक वर्षमा १२ सय ९६ दुर्घटना, ९५ जनाको मृ*त्यु
झापामा एक वर्षमा १२ सय ९६ दुर्घटना, ९५ जनाको मृ*त्यु
बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै