एनपीएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
एनपीएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् ।
  • जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी मंगलबार सामाजिक सञ्जालमार्फत दिएको छ ।
  • श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन् ।

२९ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् ।

जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी मंगलबार सामाजिक सञ्जालमार्फत दिएको छ ।श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।

उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । पछिल्लो समय उनले नेपाली राष्ट्रिय टोली सम्हाल्दा नेपाली टिम विभाजित अवस्थामा थियो । त्यो अवस्थामा उनले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएर क्यानडा फर्किएका थिए ।क्यानडा फर्किने क्रममा उनले नेपाली क्रिकेटको परिस्थिति फेरिएमा र आफूले खुलेर काम गर्न पाएमा फेरि नेपाल फर्किने बताएका थिए ।

नेपालले पहिलो पटक विश्वकप खेलेपछि क्यान र खेलाडीको आन्तरिक कलहका कारण दासानायके नेपाल छाडेर गएका थिए । त्यसपछि उनले अमेरिकाको प्रशिक्षकको रुपमा पनि काम गरे । त्यसपछि उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्सको प्रशिक्षक बनेर नेपाल आएका थिए । अब उनले नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएलमा जनकपुर बोल्ट्सका खेलाडीलाई प्रशिक्षण दिने छन् । एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने
आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र
खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त
खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’
काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा
काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा
 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री
 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री