कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

सारांश

  • कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ३१ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा बाजुराको बुढिनन्दा गाउँपालिका–१ का ४८ वर्षीय विष्णुबहादुर कार्की छन् ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार बुढानिलकण्ठ नगरपालिका–५ न्यू कोलोनीबाट पक्राउ गरेको हो ।

२५ भदौ, काठमाडौं । कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ३१ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाजुराको बुढिनन्दा गाउँपालिका–१ का ४८ वर्षीय विष्णुबहादुर कार्की छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार बुढानिलकण्ठ नगरपालिका–५ न्यू कोलोनीबाट पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई आफू पीएचडी डाक्टर भएको परिचय दिँदै हाईप्रोफाइल व्यक्तिहरुसँग सम्बन्ध रहेको बताएका थिए । बिष्णु एन्ड सोनु प्रालि कम्पनी समेत सञ्चालन गरेको उनले बताएका थिए ।कृषि फार्म सञ्चालन गरेका ती युवालाई तपाईको फार्मको नाममा अमेरिकाबाट १४ करोड ५१ लाख ९८ हजार ५४८ रुपैयाँ कर्जा आउँदैछ २.५ प्रशिशत ब्याजदरमा भनेर कार्कीले विश्वास दिलाएका थिए । त्यसवापत १७ लाख ३१ हजार रुपैयाँ कार्कीले लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । पक्राउ परेका कार्कीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी
६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी
बीपी राजमार्गमा १५ भदौसम्म राति गाडी चलाउन रोक
बीपी राजमार्गमा १५ भदौसम्म राति गाडी चलाउन रोक
अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल
अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल
बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मन्दिर जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना ,एक जनाको मृत्यु
मन्दिर जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना ,एक जनाको मृत्यु
भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली
भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना
सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना