बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
४१ पटक हेरिएको
Shares
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी

सारांश

  •  पार्टी केन्द्रद्वारा सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय परामर्श बैठक’लाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनको रक्षा गर्ने, दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारु, मजदुर, किसानलगायतको पाएको अधिकार बचाउने जिम्मा माओवादी केन्द्रको भएको बताए ।
  • त्यसका लागि माओवादी केन्द्रले एकताबद्ध भएर परिस्थितिको सामना गर्नुपर्ने उनको भनाइ थियो ।
  •    माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न अध्यक्ष दाहालले सबैलाई आग्रह गरे ।

१४ भदौ ,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताएका छन् । पार्टी केन्द्रद्वारा सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय परामर्श बैठक’लाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनको रक्षा गर्ने, दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारु, मजदुर, किसानलगायतको पाएको अधिकार बचाउने जिम्मा माओवादी केन्द्रको भएको बताए । त्यसका लागि माओवादी केन्द्रले एकताबद्ध भएर परिस्थितिको सामना गर्नुपर्ने उनको भनाइ थियो ।   माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न अध्यक्ष दाहालले सबैलाई आग्रह गरे ।विस्तृत शान्ति सम्झौतालाई संविधानको अङ्ग बनाएको र व्याख्यात्मक टिप्पणीमा अझ माओवादी जनयुद्ध भनेर उल्लेख गरिएको उनको भनाइ थियो । सबै प्रदेशमा पुगेर सुझाव, परामर्श र राय सङ्कलन गर्ने क्रममा कर्णाली आइपुगेको अध्यक्ष दाहालले बताए । ‘संसदीय प्रजातन्त्रमा ठूला पार्टीबीचको गठनबन्धन निकै दुर्लभ र बिडम्बनाको कुरा हो’, उनले भने ।  बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न उनले सरकारलाई सुझाव दिए । पार्टीभित्र बहस र छलफल भइरहने तथा यसले पार्टीलाई झन् बलियो बनाउने उनको भनाइ थियो ।  ‘आजको मितिमा नेतृत्व हस्तान्तरण त्यति उपयुक्त छैन । मेरा लागि अध्यक्ष पद ठूलो कुरा होइन । अध्यक्षभन्दा म माथि भइसके । टोली बन्यो भने मैले नयाँ भूमिकामा जाने सोच बनाएको छु’, अध्यक्ष दाहालले भने । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा
सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा
मोदीको नसामा रगत हैन तातो सिन्दूर बगिरहेछ: नरेन्द्र मोदी
मोदीको नसामा रगत हैन तातो सिन्दूर बगिरहेछ: नरेन्द्र मोदी
मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने
नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
स्वदेश फर्किए कतारका राजा
स्वदेश फर्किए कतारका राजा
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३\८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३\८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...