‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १०, २०८१
|
|
३० पटक हेरिएको
Shares
‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न

सारांश

  • ‘सुरक्षित पानी पिउने’ पूर्व योजना निर्माण सम्बन्धी दुई दिने तालिम सर्लाहीको पर्सा गाउँपालिकामा सम्पन्न भएको छ ।
  • पर्सा गाउँपालिका र एसएनभी नेपालको संयुक्त साझेदारीमा ‘ग्रामिण जलवायु उत्थानशिल सेवा’ परियोजना पर्सा गाउँपालिकामा संचालित रहेको छ ।
  • जसअन्तर्गत पर्सा गाउँपालिका–६ का श्रीराम जलवायु उत्थानशिल खानेपानी आयोजनाका उपभोक्ता समिति तथा गाउँपालिकाका प्रतिनिधिहरुलाई दुई दिने आयोजना निर्माण पूर्व तालिम दिईएको एसएनभी नेपालका सर्लाही संयोजक अम्बिका यादवले जानकारी दिनुभयो ।

सर्लाही, ९ भदौ । ‘सुरक्षित पानी पिउने’ पूर्व योजना निर्माण सम्बन्धी दुई दिने तालिम सर्लाहीको पर्सा गाउँपालिकामा सम्पन्न भएको छ ।पर्सा गाउँपालिका र एसएनभी नेपालको संयुक्त साझेदारीमा ‘ग्रामिण जलवायु उत्थानशिल सेवा’ परियोजना पर्सा गाउँपालिकामा संचालित रहेको छ । जसअन्तर्गत पर्सा गाउँपालिका–६ का श्रीराम जलवायु उत्थानशिल खानेपानी आयोजनाका उपभोक्ता समिति तथा गाउँपालिकाका प्रतिनिधिहरुलाई दुई दिने आयोजना निर्माण पूर्व तालिम दिईएको एसएनभी नेपालका सर्लाही संयोजक अम्बिका यादवले जानकारी दिनुभयो । तालिमको प्राविधिक सहजिकरण एसएनभी नेपालका आरडब्लूएसएस एडभाईजर मदन बहादुर भण्डारीले गर्नुभएको थियो।एसएनभी नेपालको सहयोगमा पर्सा गाउँपालिकामा सुरक्षित पानी पिउने अभियान संचालन भएपछि कैण्डल फिल्टरको प्रयोग बढेका छन् । सुरक्षित पानी पिउने सम्बन्धमा एसएनभी नेपालले पर्सा गाउँपालिकाका स्थानियहरुलाई प्राविधिक सहजिकरण गरेपछि स्थानियहरुले कैण्डल फिल्टरको प्रयोग गर्नेक्रम बढ्दो अवस्थामा रहेको संयोजक यादवले बताउनुभयो ।पर्सा गाउँपालिकामा अधिकांश खानेपानीको चपाकल सुकेका छन् । पर्सा गाउँपालिकामा एसएनभी नेपालको सहयोगमा शुद्ध खानेपानीको लागि पाँच ठाउँमा पानी ट्यांकीसमेत जडान गरिएको छ । त्यस्तै ६३ घरधुरीलाई लक्षित गरी पर्सा–६ मा श्रीराम खानेपानी योजनाको स्थापना समेत गरिएको छ । त्यस्तै पर्सा गाउँपालिकामा एसएनभी नेपालले ५० जना स्वयंम सेविकाहरुलाई परिचालन गरेको छ । स्वयंम सेविकाहरुले स्थानियहरुलाई सुरक्षित पानी पिउनेको बारेमा जनचेतना जगाउने लगायतको काम गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा
अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो
बालेनको चुनौती: “गलत भए मलाई जेल हाल”
बालेनको चुनौती: “गलत भए मलाई जेल हाल”
इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार
इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र
हस्तकला महासंघले पाटन दरबार स्क्वायरमा कला तथा हस्तकला प्रदर्शनी गर्ने
हस्तकला महासंघले पाटन दरबार स्क्वायरमा कला तथा हस्तकला प्रदर्शनी गर्ने
भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै
प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै
 प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक
 प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...