सिमलताल पहिरो : १२ औँ दिन पनि बससहित यात्रुको खोजी जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सिमलताल पहिरो :  १२ औँ दिन पनि बससहित यात्रुको खोजी जारी

सारांश

  • भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी  छ ।
  • सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागिएको हो ।
  • नेपालको सुरक्षाकर्मी सहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त  खोजतलास भइरहेको छ ।

८ साउन, चितवन । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी  छ ।

सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागिएको हो । नेपालको सुरक्षाकर्मी सहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त  खोजतलास भइरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको छ । भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उहाँले शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताए । यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ ।

प्रजिअ यादवका अनुसार पाल्पाकी नदीमा हामफालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको छ । तीमध्ये छजनाको सनाखत हुनसकेको छैन । चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो । आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ । सनाखत भएका शवमा १६  पुरुषको छ भने दुईवटा महिलाको छ । त्यस्तै सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच  भारतीय नागरिकका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निष्क्रिय भए ३० वटा विधेयक
निष्क्रिय भए ३० वटा विधेयक
मधेश प्रदेशलाई चालु आवमै साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
मधेश प्रदेशलाई चालु आवमै साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्न केन्द्रित हुने विपक्षी दलको निर्णय
उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्न केन्द्रित हुने विपक्षी दलको निर्णय
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो
रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो
विष्णु पौडेललाई २० दिन थुन्न अनुमति माग
विष्णु पौडेललाई २० दिन थुन्न अनुमति माग
नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने
नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने
नगरवासीको सुविधाका लागि इटहरीमा सुरुभयो बिजुली बस सेवा
नगरवासीको सुविधाका लागि इटहरीमा सुरुभयो बिजुली बस सेवा
सवारी लाइसेन्सको अवधि अब १० वर्ष
सवारी लाइसेन्सको अवधि अब १० वर्ष
७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड
७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड