मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ३०, २०८१
|
|
५० पटक हेरिएको
Shares
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एमबीबीएस कार्यक्रम (अध्ययन-अध्यापन) अगामी आवबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।
  • सिंह जनमत पार्टीबाट ६ दलको समर्थनमा मुख्यमत्री बनेका हुन् ।
  • उनले एमबीबीएस कार्यक्रमबारे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.

 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एमबीबीएस कार्यक्रम (अध्ययन-अध्यापन) अगामी आवबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

सिंह जनमत पार्टीबाट ६ दलको समर्थनमा मुख्यमत्री बनेका हुन् । उनले एमबीबीएस कार्यक्रमबारे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह र रजिस्ट्रार डा.बिनोद यादवसंग छलफल गरेका हुन् ।

उपकुलपति डा. साहले भने, ‘छलफलका क्रममा मुख्यमन्त्री सिंहले जे सहयोग गर्नुपर्छ गर्छौं । तत्कालै एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्यो भन्नुभएको छ ।’

एमबीबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगसंग अनुमती लिनुपर्छ र त्यसका लागि डकुमेन्ट पठाइसकेको उपकुलपति डा. साहले बताए । उनले भने, ‘२/४ दिनभित्रै आयोगका टोली निरीक्षणका लागि आउन सक्छ ।’

उनले मुख्यमन्त्री ज्यूले भौतिक संरचनासहित सबै कामका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्ने आश्वासन पनि दिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?