विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्न्यास घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १६, २०८१
|
|
३१ पटक हेरिएको
Shares
विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्न्यास घोषणा

सारांश

  • भारतीय क्रिकेट टोलीका अलराउण्डर रविन्द्र जडेजाले आईसीसी टी–२० विश्वकप २०२४ जितेसँगै सन्न्यासको घोषणा गरेका छन् ।
  • भारतले शनिबार राति आईसीसी टी–२० विश्वकप फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको थियो ।
  • उक्त विश्वकप जितेलगत्तै कप्तान रोहित शर्मा र ओपनर विराट कोहलीले टी–२० आईबाट सन्न्यासको घोषणा गरेका थिए ।

१६ असार, काठमाडौं । भारतीय क्रिकेट टोलीका अलराउण्डर रविन्द्र जडेजाले आईसीसी टी–२० विश्वकप २०२४ जितेसँगै सन्न्यासको घोषणा गरेका छन् ।

भारतले शनिबार राति आईसीसी टी–२० विश्वकप फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको थियो । उक्त विश्वकप जितेलगत्तै कप्तान रोहित शर्मा र ओपनर विराट कोहलीले टी–२० आईबाट सन्न्यासको घोषणा गरेका थिए । रवीन्द्र जडेजाले पनि टी–२० आईबाट सन्न्यासको घोषणा गरेका हुन् । ३५ वर्षीय जडेजाले ७४ टी–२० आई खेलमा ५४ विकेट लिनुको साथै ५१५ रन बनाएका छन् । उनले सन् २००९ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा टी–२० आईमा डेब्यू गरेका थिए । म टी–२० क्रिकेटलाई बिदाई गर्दछु । मैले मेरो देशलाई सधैं आफ्नो उत्कृष्ट योगदान दिएको छु । अन्य ढाँचा (टेष्ट र ओडीआई) को क्रिकेटलाई निरन्तरता दिनेछु, जडेजाले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित
मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित
तास खेलिरहेका १४ जना पक्राउ
तास खेलिरहेका १४ जना पक्राउ
सरकार र बालेनको लडाईँ : काठमाडौं टावर नै भत्काउने महानगरपालिकाको तयारी
सरकार र बालेनको लडाईँ : काठमाडौं टावर नै भत्काउने महानगरपालिकाको तयारी
भक्तपुरको सल्लाघारीमा एक पुरुष मृ*त फेला
भक्तपुरको सल्लाघारीमा एक पुरुष मृ*त फेला
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७३८ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७३८ जनालाई कारबाही