चितवनमा सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २, २०८१
|
|
२५ पटक हेरिएको
Shares
चितवनमा सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ

सारांश

  • चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् ।
  • उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ ।

 

२ असार, चितवन । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् ।प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ