जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु
१ असार, ललितपुर। ललितपुर महानगरपालिकाको जावलाखेलमा अर्धचेत अवस्थामा भेटिएका दम्पतीको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरी बस्ने अन्दाजी २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार उनीहरू शुक्रबार राति साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए ।
स्थानीयले जानकारी गराएपछि प्रहरीले दुवै जनालाई उपचारको लागि पाटन अस्पताल पुर्याएको थियो । उनीहरूको उपचारको क्रममा राति साढे ९ बजे मृत्यु भएको थियो । सेन्चुरी दम्पतीको शव पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment