रंगेलीमा विद्यार्थी पक्राउको विरोधमा विराटनगरमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २५, २०८१
|
|
३३ पटक हेरिएको
Shares
रंगेलीमा विद्यार्थी पक्राउको विरोधमा विराटनगरमा प्रदर्शन

सारांश

  • मोरङको रंगेली नगरपालिकामा नगरप्रहरीमाथि आक्रमण र कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकाहरुलाई छाड्न माग गर्दै विद्यार्थीहरूले विराटनगरमा प्रदर्शन गरेका छन् ।
  • शुक्रबार दिउँसो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा यातायात अवरुद्ध गरेर पक्राउ परेकालाई छाड्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
  • विद्यार्थीले केही समय सडक अवरुद्ध गरेका थिए ।

२५ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकामा नगरप्रहरीमाथि आक्रमण र कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकाहरुलाई छाड्न माग गर्दै विद्यार्थीहरूले विराटनगरमा प्रदर्शन गरेका छन् ।

शुक्रबार दिउँसो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा यातायात अवरुद्ध गरेर पक्राउ परेकालाई छाड्न माग गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीले केही समय सडक अवरुद्ध गरेका थिए । बिहीबार दिउँसो रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली-८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि बिहीबार विद्यार्थीले  दुर्व्यवहार गरेका थिए  विद्यार्थीले आक्रमण गर्दा ४ जना नगरप्रहरी सामान्य घाइते भएका थिए ।

आक्रमण र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य सदस्य दीपक यादवसहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी छ । तर, पक्राउ परेकालाई विनासर्त छाड्न माग गर्दै विद्यार्थीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेका हुन् ।पक्राउको विरोधमा रंगेलीमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय
अन्तरराष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि
अन्तरराष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
हुलाक बचतको पाँच करोडभन्दा बढी रकम हिनामिना
हुलाक बचतको पाँच करोडभन्दा बढी रकम हिनामिना
सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
मधेशमा मन्त्रालय संख्या घटाउन कार्यदल गठन
मधेशमा मन्त्रालय संख्या घटाउन कार्यदल गठन