स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन

सारांश

  •  सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
  • उक्त समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहेको  मन्त्रालयले जनाएको छ ।

 

१९ जेठ, काठमाडौं । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । उक्त समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहेको  मन्त्रालयले जनाएको छ । सरकारी अस्पतालमा नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्ने जनगुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई निर्देशन दिएका थिए। समितिले काठमाडौँ उपत्यकाभित्रका संघीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो सयमसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको छ ।

यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइका कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या, उनीहरूको दैनिक सेवा विवरण तयार पार्न पनि समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने बहिरङ्ग (ओपिडी) सेवा सम्बन्धमा सो क्षेत्र हेर्ने चिकित्सकको सङ्ख्या, निजहरूले दैनिक बिरामी हेरेको सङ्ख्या, प्रेषणको अवस्थाका बारेमा विस्तृत विवरण तयार पार्नेछ । समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण, सोही सेवाका लागि अन्यत्र ‘रिफर’ गरेको भए सोको विवरण प्रस्तुत गर्नेछ ।

यस्तै अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए-नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ । कार्यादेशमा उल्लेख भएका विवरणसहित दुई साताभित्र प्रभावकारी स्वास्थ्य व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ
सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ
पोखरामा निषेधाज्ञा र कफ्र्यू हटाइयो
पोखरामा निषेधाज्ञा र कफ्र्यू हटाइयो
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन
दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु
दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो