२६ जेष्ठ २०८२, आईतवार

सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन

 

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

कडा सुरक्षाबीच उनलाई प्रहरीले म्याद थपको लागि अदालत पुर्याएको हो । अदालत बाहिर भने नेविसंघका कार्यकर्ताहरुले सिरोहिया पक्राउविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘सहकारी ठग मूर्दावाद’, ‘प्रतिशोधले कलम झुकाउन पाइँदैन’ जस्ता नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।प्रदर्शनलाई नियन्त्रणमा लिन उल्लेखनीय संख्यामा प्रहरी परिचालन गरिएको छ ।

त्यसअघि सिरोहिया पक्राउविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको थियो । काठमाडौँको थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट हिजो साँझ पक्राउ परेका सिरोहियालाई राति नै धनुषा लगिएको थियो । उनीविरुद्ध नागरिकता किर्तेको आरोपमा धनुषा प्रहरीमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?