चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड, अवरोध गर्ने कांग्रेसको संकेत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड, अवरोध गर्ने कांग्रेसको संकेत

सारांश

  •  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।
  • नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट चौथोपटक विश्वासको मत लिन लागेका हुन् ।
  •  प्रधानमन्त्री दाहालले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

 

७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट चौथोपटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

उक्त विश्वासको मतसम्बन्धी पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेस गर्ने सङ्घीय संसदको आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ  । सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आज बिहान १० बजे संसद् भवन बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सङ्घीय संसदको चौथो अर्थात् बर्खे अधिवेशन गत २८ वैशाखबाट सुरु भएको हो । संसदको संयुक्त बैठकमा यही १ जेठमा आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ । प्रत्येक वर्ष १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेसले संसद् अवरोध गर्ने सम्भावना  

आजको संसद् बैठकमा कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्ने सम्भावना छ । कांग्रेसले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलसँग सहकारी ठगी छानबिनका लागि संसदीय समितिको गठन र प्रधानमन्त्री दाहालले विश्वासको मत लिने सन्दर्भमा आइतबार बिहान छलफल गरेको थियो । बैठकले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई बोल्न दिएपछि संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसको मागलाई साथ दिने निर्णय गरेको थियो । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रक्रिया सहज बनाउन शनिबार कांग्रेस, एमाले, माओवादी र रास्वापाबीच संसदीय छानबिन समिति गठन विषयमा समझदारी बने पनि क्षेत्राधिकार विवादले समिति बन्न सकेको छैन ।

कांग्रेस महामन्त्री गगन थापाले संसद् बैठक सुरु हुनुअघि सहमति नजुटेमा संसदको कामकारबाही रोकिने बताएका छन् । कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई अवरोध गर्ने/नगर्नेबारे निर्णय लिन आज बिहान संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए
दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए
युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम
युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम
२ सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
२ सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण
एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण
आज इन्द्र जात्रा मनाइँदै
आज इन्द्र जात्रा मनाइँदै
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृ*त्यु, ४१ घाइते
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृ*त्यु, ४१ घाइते