विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
२७ वैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार हिजो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताए । जसपा गत आइतबार विभाजित भएको थियो । अशोक राईको नेतृत्वमा पार्टी फुटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment