रास्वपाले प्रेस स्वतन्त्रतामा कहिल्यै सम्झौता गर्दैन: महामन्त्री आचार्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८३
|
|
१४३ पटक हेरिएको
Shares
रास्वपाले प्रेस स्वतन्त्रतामा कहिल्यै सम्झौता गर्दैन: महामन्त्री आचार्य

सारांश

  • नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आइतबार विराटनगरमा बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै महामन्त्री आचार्यले रास्वपा प्रेस विरोधी नभएको बताए।
  • ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा रास्वपा कहिल्यै सम्झौता गर्दैन,’ आचार्यले भने, ‘हिजो पनि हाम्रो अडान यही थियो, आज पनि छ र भोलि पनि कायम रहनेछ।
  • ’ पत्रकारिता समाजको अभिन्न अंग भएकाले यस क्षेत्रलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन पार्टी प्रतिबद्ध रहेको आचार्यको भनाइ छ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टीको चट्टानी अडान कायमै रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आइतबार विराटनगरमा बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै महामन्त्री आचार्यले रास्वपा प्रेस विरोधी नभएको बताए। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा रास्वपा कहिल्यै सम्झौता गर्दैन,’ आचार्यले भने, ‘हिजो पनि हाम्रो अडान यही थियो, आज पनि छ र भोलि पनि कायम रहनेछ।’

पत्रकारिता समाजको अभिन्न अंग भएकाले यस क्षेत्रलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन पार्टी प्रतिबद्ध रहेको आचार्यको भनाइ छ। महासंघले उठाएका समस्या र मागलाई गम्भीरतापूर्वक अध्ययन गरी समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने उनले आश्वासन दिए। सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै महासंघ मोरङ शाखाले ध्यानाकर्षण पत्रमार्फत आपत्ति जनाएको छ। यसैगरी, सञ्चारमाध्यमको कार्यालयअगाडि अनधिकृत रूपमा सवारीसाधन तेर्स्याएर अवरोध पुर्‍याउने घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याएर सरकारले दण्डहीनतालाई प्रश्रय दिएको महासंघको आरोप छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ