२६ जेष्ठ २०८२, आईतवार

इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय

१६ वैशाख, काठमाडौँ । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए । सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित थिए ।   इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुने भएको हो । इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?