लगानीको वातावरण सुधार्न ९० दिने कार्ययोजनासहित लाग्छौं : उद्योगमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८३
|
|
६९ पटक हेरिएको
Shares
लगानीको वातावरण सुधार्न ९० दिने कार्ययोजनासहित लाग्छौं : उद्योगमन्त्री

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन् ।
  • यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिष्पर्धाका बीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।
  • साथै, उनले लगानी आकर्षित गर्न प्राकृतिक स्रोत र बजारको सम्भावना मात्र पर्याप्त नहुने बताउँदै कार्ययोजना बनाएर सुधारको काम थालिने बताए ।

 

१० मंसिर, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन् ।

यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिष्पर्धाका बीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।

साथै, उनले लगानी आकर्षित गर्न प्राकृतिक स्रोत र बजारको सम्भावना मात्र पर्याप्त नहुने बताउँदै कार्ययोजना बनाएर सुधारको काम थालिने बताए । उनका अनुसार लगानीका लागि नीतिगत स्थिरता, पारदर्शिता, सरकारी निर्णय प्रक्रियामा छिटोपना र लगानीकर्ताको विश्वास महत्वपूर्ण हुन्छ । त्यसका लागि ९० दिने कार्ययोजना बनाएर काम अघि बढाउने तयारी छ ।

पहिलो ३० दिनमा बेलायती तथा नेपाली व्यवसायीका प्रमुख समस्या, लगानीका प्रश्ताव र नीतिगत तथा नियामकीय अवरोध पहिचान गरिनेछ । त्यसपछिको ६० दिनभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, अन्य सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरी समाधानका उपाय खोजिनेछ । ९० दिनको अवधिभित्रै सुधारका प्राथमिकता, जिम्मेवार निकाय, कार्यान्वयनको समयसीमा र प्रगति मापन गर्ने सूचकसहितको कार्ययोजना तयार गरी कार्यान्वयन तथा अनुगमन अघि बढाइने उनले जानकारी दिए ।

सरकारको कामको मूल्यांकन बैठक र छलफलको संख्याबाट नभई त्यसले व्यवसायीका समस्या समाधान गर्न पुर्‍याएको योगदानबाट हुनुपर्ने बताउँदै उनले भने, ‘हाम्रो सफलताको मापन हामीले कति बैठक गर्‍यौँ भन्ने आधारमा होइन, कति अवरोध हटायौँ, कति लगानी सहजीकरण गर्‍यौँ र कति रोजगारी सिर्जना गर्‍यौँ भन्ने आधारमा हुनुपर्छ ।’

नेपाल र बेलायतबीच लामो समयदेखि कायम मित्रता तथा सहकार्यलाई अब आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने मन्त्री साहको भनाइ छ । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक विकास र लगानी विस्तारको आधार बनाउन सकिने उल्लेख गर्दै उनले मित्रताले अवसर सिर्जना गर्ने भएपनि वास्तविक समृद्धिका लागि लगानी आवश्यक रहेको बताए ।

नेपालमा जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, हरित प्रविधि, उत्पादनमूलक उद्योग, दिगो पूर्वाधार र सेवा क्षेत्रमा बेलायती लगानीको पर्याप्त सम्भावना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुआमाले लछारपछार गर्दा शिशुको मृ*त्यु
बाबुआमाले लछारपछार गर्दा शिशुको मृ*त्यु
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित
विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित
प्रतिनिधि सभा बैठक बस्दै, कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने
प्रतिनिधि सभा बैठक बस्दै, कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य
गाडिएको अवस्थामा नातिनीको शव फेला परेको घटनामा मावली हजुरबुबा पक्राउ
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय
यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय
एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान