मकवानपुर सुमो दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ७ जना घाइते
सारांश
- रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.
- १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ : ३० बजे भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको हो ।
- दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए ।
मकवानपुर —
मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेस्थित हेटौंडा–भैंसे सडकखण्डमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ : ३० बजे भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको हो ।

दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याएको थियो । हेटौंडा अस्पतालमा चिकित्सकले बिहान ९ : २० बजे तीन जनालाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया