यसक्रममा संघीय संसद्को संसदीय सुनुवाइ समितिले सोमबार सूचना प्रकाशित गरेर १० दिनभित्र कुनै सूचना वा उजुरी भए दिन भनेको हो ।
सोझै समितिको सचिवालय पुगेर वा कुनै जिल्ला प्रशासन कार्यालयमार्फत पनि सूचना वा उजुरी दिन सकिन्छ ।
‘सूचनामा भनिएको छ, ‘… देहाय बमोजिमका व्यक्तिलाई देहाय बमोजिमको पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाण सहित शिष्ट र मर्यादित भाषामा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दश) दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने हुन्छ । उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिनेछ ।
उजुरी प्राप्त भएपछि सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि प्रस्तावित न्यायाधीशरूको सुनुवाइ हुनेछ ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशमा नियुक्ति हुनेछन् ।

प्रतिक्रिया