सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २९, २०८२
|
|
५३ पटक हेरिएको
Shares
गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट

सारांश

  •   सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आज दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।
  • विद्युतको तार सर्ट भएर मुना चौँधरीको उखु खेतीबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली सखाप भएको हो ।
  • काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसानमा रुवावासी चलेको छ ।

 

२९ मंसिर, सर्लाही । 

सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आज दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौँधरीको उखु खेतीबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली सखाप भएको हो । काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसानमा रुवावासी चलेको छ । आज मात्रै काठमाडौं जानुभएका गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले आफूलाई प्राप्त जानकारी अनुसार ५०÷६० बिघाकै उखु जलेको बताउनुभयो ।

करिव दुई हजारजति गाउँले, समाजसेवी सरोज यादवले प्रदान गरेको एउटा दमकल, प्रहरी र सशस्त्र प्रहरी भएर करिव ५ घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन् । मेयर यादवले आगलागीबाट करिव ३ करोडको उखु जलेको बताउनुभयो । काट्ने बेला भएको उखुमा चिनीको मात्रा धेरै हुने भएकाले ठुलो आगो फैलिएको मेयर यादवको भनाइ छ । आफूले यसबारेमा चिनी मिललाई जानकारी दिएको र चिनी मिलले तत्काल आगलागी भएको उखुमा पानी पटाउन र एक÷डेढ महिनापछि उखु हरियो भएर आए किनिदिने अन्यथा अहिलेकै अवस्थामा जलेको उखु किन्न नसकिने बताएको मेयर यादवले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताउनुभयो । आज इलाका प्रहरी कार्यालय गडहीयासहित आसपासका अन्य प्रहरी युनिट आगलागी नियन्त्रणमै केन्द्रित हुनुपरेको डिएसपी राईको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिराहामा डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते
सिराहामा डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते
तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
सिंहदरबार प्रवेश गर्न अघि बढेका सहकारी पीडितमाथि लाठी प्रहार
सिंहदरबार प्रवेश गर्न अघि बढेका सहकारी पीडितमाथि लाठी प्रहार
स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
आज ११ औं दिन पनि शिक्षकहरु सडकमै
आज ११ औं दिन पनि शिक्षकहरु सडकमै
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुनः सुरु