नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ७, २०८३
|
|
५७ पटक हेरिएको
Shares
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट

सारांश

  • तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन दिनका लागि टिकट बिक्री खुला भएको आधा घण्टामै सबै टिकट बिक्री भएका छन् ।
  • नेपाल क्रिकेट संघ (क्यान) ले गएराति ८ बजे टिकट बिक्री खुला गरेको थियो ।
  • बिक्री खुला भएको ३० मिनेटमै उद्घाटन दिनका सबै टिकट सोल्ड आउट भएका हुन् ।

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन दिनका लागि टिकट बिक्री खुला भएको आधा घण्टामै सबै टिकट बिक्री भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले गएराति ८ बजे टिकट बिक्री खुला गरेको थियो । बिक्री खुला भएको ३० मिनेटमै उद्घाटन दिनका सबै टिकट सोल्ड आउट भएका हुन् ।

कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताका लागि क्यानले विभिन्न चरणका खेलअनुसार टिकटको मूल्य निर्धारण गरेको छ ।

क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, नकआउट चरणअन्तर्गत एलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्यायो
ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्यायो
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो
सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो
राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार
राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार
कपिलवस्तुमा बस दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु, पाँच जना घाइते
कपिलवस्तुमा बस दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु, पाँच जना घाइते
तातोपानी नाका दसैँअघि सञ्चालन गरिने
तातोपानी नाका दसैँअघि सञ्चालन गरिने
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...