उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
७५ पटक हेरिएको
Shares
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

सारांश

  • भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ।
  • उनीहरुबिचको छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक साझेदारीका सम्भावनालाई अघि बढाउने विषयमा कुराकानी भएको थियो।
  • त्यसैगरी, उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर पहिचान गर्ने, व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउने र दुवै देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहकार्यको सम्भावनाबारे विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ।

उनीहरुबिचको छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक साझेदारीका सम्भावनालाई अघि बढाउने विषयमा कुराकानी भएको थियो।

त्यसैगरी, उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर पहिचान गर्ने, व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउने र दुवै देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहकार्यको सम्भावनाबारे विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको छ।

भेटवार्ताले नेपाल–चीनबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हित र आर्थिक समृद्धिका क्षेत्रमा सहकार्य अघि बढाउने महत्त्वलाई उजागर गरेको सचिवालयको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
यात्रु बस र इभि हाइस आपसमा ठोक्किँदा एक भारतीयको मृत्यु, ९ जना घाइते
यात्रु बस र इभि हाइस आपसमा ठोक्किँदा एक भारतीयको मृत्यु, ९ जना घाइते
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु
तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु
नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित
नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...