शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २, २०८३
|
|
११३ पटक हेरिएको
Shares
शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध

सारांश

  •  उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले आइतबार कटारीको बुद्धचोकमा प्रदर्शन गरेका छन्।
  • प्रदर्शनकारीले मदन भण्डारी राजमार्गअन्तर्गत कटारीको बुद्धचोकमा बिहानैदेखि सडक अवरुद्ध गरेका हुन्।
  • सडक अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन्।

१ कात्तिक, उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले आइतबार कटारीको बुद्धचोकमा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले मदन भण्डारी राजमार्गअन्तर्गत कटारीको बुद्धचोकमा बिहानैदेखि सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन्।

स्थानीयवासीले मृतक शिक्षकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुर्घटनामा संलग्न हायस चालकलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।

प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६८४४ नम्बरको हायस गाडीले कटारी नगरपालिका–५ भोर्लेमा को १ प ९६६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक स्थानीय भुल्के स्कुलका शिक्षक श्रेष्ठ घाइते भएका थिए।

घाइते श्रेष्ठलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। स्थानीय मधु धमलाका अनुसार घर फर्किँदै गरेका शिक्षक श्रेष्ठ सवार मोटरसाइकललाई हायस गाडीले ठक्कर दिएको थियो।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलले हायस चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
शिक्षकको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि राजमार्गमा यातायात प्रभावित भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...