२६ जेष्ठ २०८२, आईतवार

महोत्तरीकाे एक वस्तीमा भीषण आगलागी, १५० बढी घरगोठ जले

१२ वैशाख, महोत्तरी। महोत्तरीको मठिहानी नगरपालिका- ६ जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।

आगलागी हुँदा हालसम्म एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका छन् । बुधबार दिउँसो १ बजे लागेको आगो हावा चलेका कारण तीव्र गतिमा फैलिएको थियो । अहिले पनि उक्त आगलागी नियन्त्रणमा आइसकेको छैन । आगो नियन्त्रणमा लिन मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका,जनकपुर उप-महानगरपालिका,क्षीरेश्वरनाथ नगरपालिका, गौशाला नगरपालिका प्रदेश प्रहरी कार्यालय मधेस प्रदेश लगायतका बारुणयन्त्र परिचालन गरिएको छ ।

यसैगरी बिहार अग्नि बाहन ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, रेडक्रस सोसाइटी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरु आगो नियन्त्रणमा लिन प्रयत्नरत रहेको जनाइएको छ । आगलागीबाट पशुचौपायाको ठूलो क्षति भएको अनुमान गरिएको छ । क्षतिको यकिन विवरण संकलन गर्न थालिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?