हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १८, २०८३
|
|
१०६ पटक हेरिएको
Shares
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गर्ने तयारी

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइनअन्तर्गत बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माणको काम अन्तिम चरणमा पुगेको जनाउँदै दशैंलगत्तै लाइन चार्ज गर्ने तयारी गरेको हो ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेसन तथा निर्माणाधीन प्रसारणलाइनको निरीक्षण गर्दै बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
  • निरीक्षणका क्रममा उनले प्रसारणलाइनलाई देशको विद्युत् प्रणालीको मेरुदण्डका रूपमा विकास गर्नुपर्ने बताए ।

काठमाडौं —

निर्माण सुरु भएको करिब १२ वर्षपछि हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन सञ्चालनमा आउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइनअन्तर्गत बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माणको काम अन्तिम चरणमा पुगेको जनाउँदै दशैंलगत्तै लाइन चार्ज गर्ने तयारी गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेसन तथा निर्माणाधीन प्रसारणलाइनको निरीक्षण गर्दै बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । निरीक्षणका क्रममा उनले प्रसारणलाइनलाई देशको विद्युत् प्रणालीको मेरुदण्डका रूपमा विकास गर्नुपर्ने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारणलाइनमा निर्माण गर्नुपर्ने १६ टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेका छन् । बाँकी दुईवटा मल्टिसर्किट टावरको निर्माण पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

‘१४ वटा टावर तयार भइसकेका छन् । बाँकी दुईवटा टावरको काम पनि राम्रो गतिमा अघि बढेको छ,’ उनले भने, ‘अब १० देखि १५ दिनभित्र निर्माण सम्पन्न गरेर लाइन चार्ज गर्ने तयारी छ ।’

प्रसारणलाइन सञ्चालनमा आएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सहज र भरपर्दो हुने प्राधिकरणको अपेक्षा छ । राष्ट्रिय प्रसारण प्रणालीको वहन क्षमता बढाउन तथा विद्युत् आपूर्तिको विश्वसनीयता सुधार गर्न यो आयोजना महत्त्वपूर्ण मानिएको छ ।

विशेषगरी औद्योगिक क्षेत्रमा बढ्दै गएको विद्युत् माग व्यवस्थापन गर्न प्रसारणलाइनले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । त्यस्तै, वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् आन्तरिक बजारमा खपत गराउन तथा भारतलगायत छिमेकी मुलुकमा विद्युत् निर्यात विस्तार गर्नसमेत यसले पूर्वाधारको काम गर्ने प्राधिकरणको भनाइ छ ।

मन्त्री श्रेष्ठले प्रसारणलाइन सञ्चालनमा आएपछि नेपालको विद्युत् प्रणाली थप सन्तुलित र गुणस्तरीय हुने बताए । उनका अनुसार पूर्वदेखि पश्चिमसम्म विद्युत् प्रवाहको संरचना बलियो हुँदा प्रणालीको विश्वसनीयता र दिगोपनसमेत बढ्नेछ ।

लामो समयदेखि विभिन्न कारणले निर्माणमा अवरोध हुँदै आएको यो प्रसारणलाइनको काम पछिल्लो समय तीव्र पारिएको प्राधिकरणले जनाएको छ । मन्त्री श्रेष्ठको पहलमा मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गराएर प्रक्रिया अघि बढाइएपछि बाँकी निर्माण कार्यले गति लिएको प्राधिकरणको दाबी छ ।

प्रसारणलाइन पूर्ण रूपमा सञ्चालनमा आएपछि राष्ट्रिय ग्रिडको विद्युत् वहन क्षमता बढ्नुका साथै पूर्व–पश्चिम विद्युत् आदानप्रदान सहज हुने अपेक्षा गरिएको छ । यसबाट औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति विस्तार, आन्तरिक खपत वृद्धि र अन्तरदेशीय विद्युत् व्यापारका लागि समेत थप आधार तयार हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री
कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री
सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
बूढानीलकण्ठमा चोरी गरेको आरोपमा ६ जना पक्राउ
बूढानीलकण्ठमा चोरी गरेको आरोपमा ६ जना पक्राउ
खोटाङ केन्द्रबिन्दु भएर भूकम्प
खोटाङ केन्द्रबिन्दु भएर भूकम्प
थाइल्याण्डमा अलपत्र २० नेपालीलाई नेपाल फर्काइयो
थाइल्याण्डमा अलपत्र २० नेपालीलाई नेपाल फर्काइयो
चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैंकरलाई मृ*त्युदण्ड
चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैंकरलाई मृ*त्युदण्ड
एसिया कप: सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै
एसिया कप: सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै
नेपालले अमेरिकाविरुद्धको टी-२० शृङ्खलामा क्लिन स्वीप गर्यो 
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग